ट्याक्टरबाट लडेर एक जनाको मृत्यु, चालक फरार


 


बारा, मंसिर १३ । बाराको कोल्हबी नगरपालिका(१ बटौलियामा ट्याक्टरबाट लडेर इक जना वृद्धको मृत्यु भएको छ ।

ना.५ त ४६७५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ट्याक्टर धनी ६५ वर्षीय नारायण चौधरीको बुधबार मृत्यु भएको हो ।

ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक फरार भएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्