चिसोले कठ्याङ्ग्रिएर त्रिपालमा बस्दै आएकी बालिकाको मृत्यु


 


जाजरकोट, मङ्सिर १४ । जाजरकोको कुशे गाउँपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक बालिकाको मृत्यु भएको छ ।

कुशे गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसा स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको हो ।

गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताए ।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्