बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते


 


बाजुरा, मंसिर १४ । बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै बिहीबार दिउँसो जीप दुर्घटना हुँदा खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नंको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो ।

सो दुर्घटनामा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी घाइते भएका छन् । सो जीपमा चालकसहित चार जना सवार रहेका बताइएको छ ।

जीपका चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । जीपचालक खत्याड –९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्