भूकम्प प्रभावितलाई एकमुस्ट ५० हजार दिन नसकिने


 


काठमाडौं, मंसिर १४ । सरकारले भूकम्प प्रभावितलाई एकमुट ५० हजार रुपैयाँ दिन नसक्ने भएको छ ।

बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकमुस्ट दिन माग भए पनि त्यो सम्भव नभएको बताएका हुन् ।

उनले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्ता दिइने बताए ।

उनले दुई किस्तामा दिइने तर एक दिनको फरकमा समेत पाउन सक्ने जिकिर गरे ।

उनका अनुसार पहिलो किस्ता बिना बैंक खाता नगदै पनि प्राप्त गर्न सक्छन् । दोस्रो किस्ता प्राप्त गर्न भने शर्तहरु पालना गर्नुपर्ने छ ।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्