मोटरसाइकल दुर्घटनामा श्रीमती र छोरीको मृत्यु, श्रीमान् घाइते


 


काठमाडौँ, मंसिर १४ । मकवानपुरको मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मकवानपुरगढी–२ धवाडी पुल स्थित भित्रि सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो ।

दुर्घटनामा परेर २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मकवानपुरगढी–२ कुर्ले पाखा बस्ने वर्ष ३४ की रुपा स्याङ्तान र उनकी ५ महिनाकी छोरी (शिशु)को मृत्यु भएको प्रवक्ता भण्डारीले बताए । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो ।

दुर्घटनामा मृतकका श्रीमान वर्ष ३५ को भीमबहादुर स्याङ्तान घाइते भएका छन् । स्याङ्तानको टाउकोमा चोट लागेको छ भने उनको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्