सुदूरपश्चिममा एचआईभी संक्रमितको संख्या साढे चार हजार बढी


 


धनगढी, मंसिर १४ । सुदूरपश्चिम प्रदेशमा एचआईभी एड्स संक्रमितको संख्यउा चार हजार भन्दा बढी रहेको देखिएको छ ।

३६ औँ विश्व एड्स दिवसको पूर्व सन्ध्यामा बिहीबार स्वास्थ्य कार्यालय कैलालीले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार सात सय १७ जना रहेको जानकारी दिइएको हो ।

जसमा उपचार गराइरहेका तीन हजार ६२३ छन् भने गत वर्ष नयाँ संक्रमित २५२ रहेको स्वास्थ्य निर्देशनालय डोटीका एचआईभि एड्स फोकल पर्सन देवदत्त जोशीले जानकारी दिए । उनका अनुसार कैलालीमा गत वर्ष मात्रै १२० जना संक्रमित फेला परेका थिए ।

यस अवधिमा ६४ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा एचआईभी एड्स उपचार केन्द्र एआरटी १७ रहेको उनले जोशीले बताए ।

नेपाल भरी एचआईभी एड्सको अवस्था जम्मा अनुमानित ३० हजार रहेका छन भने वयस्क महिला १३ हजार,वयस्क पुरुष १६ हजार,१४ वर्ष मुनिका बालबालिका एक हजार रहेको जोशी ले बताए ।

सन २०२२ को अन्त्य सम्ममा २७ हजार ७४५ व्यक्तीहरुमा एचआई भी संक्रमण पत्ता लागेको छ भने २३ हजार २९३ व्यक्ती उपचारमा रहेका छन् ।

१६ हजार ३३६ जना भाईरल लोड सुप प्रेस रहेको, वार्षिक नेपालमा नयाँ सङ्क्रमित हुने र एड्स सम्बन्धी मृत्यु हुनेको संख्या पाँच सय हुने गरेको जोशी जानकारी दिए ।

विगत भन्दा क्रमश एचआईभी संक्रमित हुनेको संख्या कम हुँदै गएको उनको भनाई छ ।

प्रकाशित मिति: १४ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्