छोराको कुटपिटबाट बुवाको मृत्यु


 


रसुवा, मंसिर १५ । रसुवामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-५ का छेवाङ तामाङमाथि उनका ४०/४५ वर्षका छोरा गोपाल तामाङले मदिरा सेवन गरी कुटपिट गरेका थिए।

रसुवाका प्रहरी प्रवक्ता इन्स्पेक्टर नेत्रप्रसाद पौडेलका अनुसार बाबुछोराबीच झगडा हुँदा गोपालले आफ्नो बाबुको टाउकोमा चिर्पट प्रहार गरेका थिए।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका छेवाङको बिहीबार उपचारका लागि जिल्ला अस्पताल धुन्चेमा मृत्यु भएको हो।

घटनापश्चात गोपाललाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्