इजरायल र हमासबिच फेरि युद्ध सुरु


 


काठमाडौँ, मंसिर १५ । हमास र इजरायलबिच युद्ध सुरु भएको छ ।

हमासको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार दक्षिणी गाजा क्षेत्रमा हवाइ हमला भएको छ ।

उत्तरी गाजा क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको बीबीसीले जनाएको छ । गाजा सहरको उत्तर–पश्चिममा पनि गोलीको आवाज सुनिएको बताइएको छ ।

हमास र इजरायलबिच युद्धविराम सम्झौताको सातौँ दिन सकिएपछि युद्धविराम सम्झौता अघि बढाइएको छैन ।

युद्धविरामको अवधि समाप्त हुनु केही अघिमात्र इजरायलले गाजा क्षेत्रबाट प्रहार गरिएको एउटा रकेट आफ्नो सुरक्षा निकायले विफल तुल्याएको दाबी गरेको थियो ।

अमेरिका, कतार र इजिप्टले युद्धविराम लम्ब्याउन पहल गरे पनि सफल हुन सकेन ।

प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्