भुटानी शरणार्थी प्रकरण : रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश


 


काठमाडौं, मंसिर १५ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

उनी भुटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको भन्दै रिजाललाई थुनामा राखी राख्नुनपर्ने उच्च अदालतले भनेको छ ।

रिजारलाई ४ जेठमा प्रहरीले पक्राउ गरेको थियो । उनीसहित १६ जनालाई १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो ।

प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्