टिकटकबाहेकका अन्य सामाजिक सञ्जाल नियमन गर्छौं : उपप्रधानमन्त्री श्रेष्ठ


 


चितवन, मंसिर १६ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटकबाहेकका अन्य सामाजिक सञ्जाललाई नियमन गर्ने बताएका छन् ।

आज (शनिबार) भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले टिकटकबाहेकका अन्य सामाजिक सञ्जाललाई बन्द नगरि नियमन गर्ने बताएका हुन् । उनले अन्य सामाजिक सञ्जाल पनि बन्द गर्ने कुरामा सत्यता नरहेको बताए ।

सामाजिक सञ्जालले लोकतन्त्र, सामाजिक एकता, व्यक्तिको एउटा स्वतन्त्र बाँच्न पाउने अधिकार, सभ्यता, संस्कृतिलाई रक्षा गर्न योगदान पुर्‍याउनुपर्ने श्रेष्ठले बताए ।

साथै उपप्रधानमन्त्री श्रेष्ठले अहिले गणतन्त्रको विरोधमा भइरहेको गतिविधिलाई व्यवस्थामाथिकै चुनौतीको रुपमा नलिएको समेत बताए ।

प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्