सिके राउत कोप–२८ मा भाग लिन दुबई प्रस्थान


 


काठमाडौँ, मंसिर १६ । जनमत पार्टीका अध्यक्ष डा। सिके राउत दुबईमा सुरु भएको कोप–२८ को सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

यूएईको दुबईमा नोभेम्बर ३० मा सुरु भएको सो कोप–२८ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड मङ्सिर १३ गते दुबई प्रस्थान गरेका थिए । यो सम्मेलन डिसेम्बर १२ मा सकिनेछ ।

कोप–२८ ले दीर्घकालीन विश्वव्यापी तापमान वृद्धि कम गर्नेसंग सम्बन्धित छ ।

प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्