कोप सम्मेलन : हिमाल र हिमाली जनताको रक्षा गर्न प्रचण्डको आह्वान


 


काठमाडौँ, मंसिर १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, हिमाली इकोसिस्टम र हिमाली जनताको रक्षाका लागि एकसाथ हिँड्न विश्वका नेताहरूलाई आह्वान गरेका छन् ।

कोप सम्मेलनमा भाग लिने क्रममा युएईमा आयोजित ‘हिमाल स् जलवायु सङ्कटबाट हामीलाई कसले बचाउँछ ?’ विषयको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो आह्वान गरेका हुन् ।

उनले नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न संकटको सामना अरुभन्दा पहिले नै गरेको बताए ।

‘सबै अन्तर्राष्ट्रिय समुदायलाई ‘आफैँलाई बचाउन हाम्रा हिमाल बचाऊ,’ अभियानमा साथ दिन अपिल गर्न चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाडी समुदायको पीडा बुझ्न, सम्भावित समाधान खोज्न र समस्याबाट बाहिर ल्याउन पहाड र जलवायु परिवर्तन सम्बन्धी संवादको थालनी गर्न म सुझाव दिन्छु ।’

उनको कार्यक्रमको उद्देश्य हिमाल, हिमाली सभ्यता, हिमाली इकोसिस्टम र हिमालका बासिन्दाहरूको संरक्षण र प्रवर्द्धन गर्नु र हिमालमा जलवायु परिवर्तनले निम्त्याएका साझा चुनौतीहरूको सामना गर्न सहयोग र ऐक्यबद्धता हासिल गर्न खोजेको प्रष्ट पारे ।

प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्