कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सुरु, देउवाले गरे उद्घाटन


 


बुटवल, मंसिर १६ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु भएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित प्रदेश सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।

आइतबारसम्म चल्ने सम्मेलनमा सभापति देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य लगायतका नेताहरू र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सहित ६ वटै प्रदेशका सभापतिहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा प्रदेशका ७ सय ५० बढी प्रतिनिधिहरूको सहभागिता रहेका छन् ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, प्रदेश पदाधिकारी, सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको सम्मेलनमा सहभागिता रहेको बताए ।

उद्घाटन सत्रमा नेताहरूले सम्बोधन गरेपछि बन्द सत्रमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुनेछ ।

प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्