मध्यपहाडी लोकमार्गको दूरी छोट्याउन एमालेद्वारा इन्जिनियरसहितको टोली परिचालन


 


काठमाडौं, मंसिर १६ । नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दुरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरुसहितको टोली परिचालन गरेको छ ।

एमालेले मध्यपहाडी लोकमार्गकोदूरी छोटो बनाउनका लागि विज्ञहरुसहितको टोली परिचालन गरेको हो ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरुसहित जाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने जानकारी दिए ।

उनले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा स्तरोन्नतिगर्नेतर्फ अभियानले ध्यान दिने पनि बताए ।

लोकमार्गका ठाउँठाउँमा सुरुङमार्गको डिजाइन गरेर भएपनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेले अभियानका क्रममा अध्ययन गर्ने बताए ।

एमालेले मंसिर १४ गतेबाट ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिएर मध्यपहाडी लोकमार्गअन्तर्गत आसपासका क्षेत्रहरुमा नागरिकसँग जोडिन महाकाली—मेचीअभियान शुरु गरेको छ ।

प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्