समानुपातिकको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभाको उम्मेदवार बन्न नपाउने


 


काठमाडौँ, मंसिर १७ । राष्ट्रिय सभाको निर्वाचनमा यसअघि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा चुनावमा उम्मेदवार हुन नपाउने भएका छन् ।

आइतबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कानुन अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार हुन नसक्ने बताएको हो ।

आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरूको उपदफा ९१० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने जनाइएको छ ।

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुने हुँदैछ ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्