लहानमा साइकल स्टोरमा आगलागी


 


राजविराज, मंसिर १७ । सिरहाको लहानस्थित एक साइकल स्टोरमा आइतबार दिउँसो आगलागी भएको छ ।

स्थानीय सुनीलकुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।

उनका अनुसार आगलागीमा बिक्रीका लागि राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर, ट्युब, पार्टपुर्जालगायत जल्दा करिब ६० लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहरी, स्थानीय बासिन्दा, लहान नगरपालिका तथा गोलबजार नगरपालिकाको बारुणयन्त्र र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार आगलागीको कारण अझै खुल्न सकेको छैन ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्