दुर्गा प्रसाईंका स्वकीय सचिव थापालाई अदालतमा उपस्थित गराउन आदेश


 


काठमाडौं, मंसिर १७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकय सचिव विनञ्जय थापालाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

थापाका तर्फबाट सरला विष्टसमेतले दायर गरेको बन्दी प्रत्यक्षिकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नामक आन्दोलनका क्रममा थापा सोमबार काठमाडौंको सिनामंगलबाट पक्राउ परेका थिए ।

उनलाई गैरकानूनीरुपमा थुनामा राखेकाले तत्काल थुनामुक्त गराउनुपर्ने माग गर्दै विष्टले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्