ललितपुर महानगरले अपाङ्गगता भएकाहरूलाई घुमायो पाटन दरबार


 


काठमाडौं, मंसिर १७ । ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबारको अवलोकन गराएको छ ।

आइतबार अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्‍यालीसहित विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराएको हो ।

त्यसअघि र्‍यालीको समापन कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही नयाँ काम गरेको र यहि क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई पाटन दरबारको अवलोकन गराएको जानकारी दिए ।

उनले समस्या समाधानका लागि विचार गरेर नीति निर्माण गरी अगाडि बढाइने भन्दै अपाङ्गता भएकाहरुको कठिन जीवनयापनलाई सहज बनाइने बताए ।
कार्यक्रममा ललितपुर महानगरका प्रमुख, उपप्रमुखले अपाङ्गता भएका व्यक्तिहरूसँगै पाटन दरबार क्षेत्र अवलोकन गरेका थिए ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्