देश बनाउन अब एमालेको एकल बहुमतको सरकार चाहिन्छ : ओली


 


काठमाडौँ, मंसिर १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि अब नेकपा एमाले नभई नहुने अवस्था आइसकेको बताएका छन् ।

समृद्धिको लाग सङ्कल्प यात्रामा निस्किएका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले देशको अर्थतन्त्र चौपट भएर देशमा गरिबी बढेको भन्दै ओलीले एमाले सरकारमा छँदा युवा बिदेसिने क्रम घटेको, देशमा स्वरोजगारी बढेको र देश विकासले गति लिएको स्मरण गराए ।

‘फेरि पनि एमाले चाहिन्छ देश विकासको लागि’ पुर्वप्रधानमन्त्री समेत रहेको ओलीले भने, ‘त्यसका लागि नेकपा एमालेको एकल बहुमतको सरकार चाहिन्छ ।’

यस्तै उनले अहिलेको व्यवस्थाविरुद्ध वितृष्ण फैलाउनहरु देशद्रोही रहेको बताए । उनले प्रतिक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने प्रयासमा लागे पनि उनीहरूको यो कुचेष्टा सफल नहुने दाबी गरे ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्