लगेजकाे पाङ्ग्राभित्र सुनजस्ताे पहेलाे धातु, एक भारतीय नागरिक पक्राउ


 


काठमाडौं, मंसिर १८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेलो धातुसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।

बुद्ध एयरको उडानद्वारा नेपालगञ्‍ज जान लागेका भारतीय नागरिक ३९ वर्षीय सेहजाद खानलाई करिब ४ सय ७२ ग्रामसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

उनलाई जाँच गर्ने क्रममा कार्डबोर्ड पेपर भित्र ३ सय ९ ग्राम र लगेजको पाङ्ग्राभित्र फल्स बटम बनाई लेपन लगाई १ सय ६३ ग्राम गरी उक्त परिमाणको धातु लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्