पोर्चुगल पठाउने भनेर साढे सात लाख ठगी गर्ने महिला पक्राउ


 


काठमाडौं, मंसिर १८ । पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाउने भनेर साढे सात लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

प्रहरीले सात लाख ५० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहिन रहेका ४३ वर्षीय सुष्मा कुमारी खड्कालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार स्थायी घर बारा निजगढ–४ भइ हाल तारकेश्वर नगरपालिका वडा नं. ८ बस्ने खड्काले राजु शाहीलाई पोर्चुगल जान ११ लाख रुपैयाँ लाग्ने र त्यहाँको एक होटलमा वेटरको काममा मासिक एक लाख २० हजार रुपैयाँभन्दा धेरै तलव हुन्छ भनी प्रलोभनमा पारेकी थिइन् ।

उनलाई सोमबार काठमाडौं बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्