इटहरीमा छिमेकीको खुकुरी प्रहारबाट महिलाको मृत्यु


 


विराटनगर, मंसिर १८ । सुनसरीको इटहरीमा छिमेकीले धारिलो हतियार प्रहार गरी एक जनाको ज्यान लिएका छन् ।

इटहरी उपमहानगरपालिका–२ शान्तिनगर राई टोलका सन्तोष राईले सोही छिमेकी मधुमाया पुरीको हत्या गरेका हुन् ।

घर पछाडि रहेको गोठमा गोबर सोरिरहेकी ६८ वर्षीय पुरीलाई राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई पक्राउ गरिसकेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्