‘रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भइसक्यो’


 


काठमाडौं, मंसिर १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गइसकेको जानकारी गराएका छन् ।

कोप २८ को सम्मेलनबाट फर्किएपछि सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो जानकारी गराएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली नागरिकले रुसको तर्फबाटमात्र नभएर युक्रेनको तर्फबाट पनि युद्ध लडिरहेको जानकारी गराए ।

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्