विप्लवको पार्टीद्वारा न्यायाधीशको पुतला दहन, प्रहरीद्वारा हस्ताक्षर


 


काठमाडौँ, मंसिर २० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहन गरेको छ ।

बुधबार अखिल क्रान्तिकारीले काठमाडौँको बुद्धनगर चोकमा न्यायाधीश ज्ञवालीको पुतला दहन गरेको हो ।

न्यायाधीशको पुतला दहन गरेपछि प्रहरीले प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले पुतला नियन्त्रणमा लिनुका साथै सहभागीहरूलाई तितरबितर पारेको थियो ।

पुतला दहन कार्यमा अखिल क्रान्तिकारी नेताहरू नरेन्द्र सी, लोकराज जोशी लगायतका नेताहरुको उपस्थित थिए ।

काठमाडौँ जिल्ला अदालतले विप्लव लगायतका नेताहरूलाई अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको विरोधमा पुतला दहन गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्