कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु, तीन जना गम्भीर


 


काठमाडौं, मंसिर २० । विराटनगर ७ मा एक कवाडी गोदाममा आज दिउँसो आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परेर घाइते भएका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो । उनको न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

आगलागीबाट चार जना घाइते भएका छन् । उनीहरुको न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था पनि गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ ।

मृतक र घाइते कवाडी गोदामकै कामदार रहेको जनाइएको छ । उनीहरुको शरिरमा ८० प्रतिशतभन्दा धेरै जलेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्