हुम्लामा खाद्यान्न अभाव, दुई महिनादेखि गोदाम रित्तै


 


सिमकोट, मंसिर २० । हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ ।

ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापारबाहीका कारण हुम्लामा खाद्यान्न अभाव भएको हो ।

खाद्यान्न नहुँदा लिमिटेडको सिमकोट शाखामा दुई महिनादेखि रित्तै छ । आर्थिक वर्ष २०८०र८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत गरिए पनि हालसम्म ढुवानी हुन सकेको छैन ।

स्थलमार्गबाट चार हजार क्विन्टल र हवाई मार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्शहरूले समयमै ढुवानी गर्न नसकेको सिमकोट शाखा प्रमुख कृष्ण अधिकारीले बताए ।

स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन।

एक हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको चाङला ढुवानी सेवाले एक सय ४८ क्विन्टल मात्रै उठाएको छ ।

साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौदेखि ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्सले ढुवानी गर्न नसकेका हुन् ।

अहिले ढुवानीका लागि सप्लायर्स सिम्रिक एयरको हेलिकोप्टर छनोट भएर सम्झौता भएपनि खाद्यान्न बुझेर ढुवानी गरेको छैन ।

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्