आगलागी अपडेट : मृत्यु हुनेको संख्या दुई पुग्यो


 


विराटनगर, मंसिर २० । विराटनगर ७ स्थित एक कवाडी गोदाममा भएको आगलागीमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

आज दिउँसो भएको आगलागी नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । नचिनिने अवस्था रहेकाले शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

यसअघि आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका विराटनगर ६ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको थियो ।

न्युरोमा उपचार गराइरहेका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

घाइतेमध्ये कोशी अस्पतालमा उपचार गराइरहेका एक जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्