मुर्रा राँगाको वीर्य संकलन पुसदेखि गरिने, कति लाग्छ शुल्क ?


 


काठमाडौँ, मंसिर २०। नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाको वीर्य संकलन आगामी पुसदेखि गरिने भएको छ ।

बाहिरबाट ल्याइएका पशु चौपायालाई कम्तीमा २१ दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले पुसबाट मात्रै वीर्य संकलन गरिने पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख तथा पशु विकास अधिकृत डा. जगदीश पाण्डेयले बताए ।

उनका अनुसार एक पटकमा, एक मुर्रा राँगाबाट २ सय ५० डोज वीर्य संकलन गरिने छ । सातामा २ पटक वीर्य संकलन गरिने छ ।

किसानले सरकारी केन्द्रमा नै गएर चौपायालाई कृत्रिम गर्भाधान गराउँदा २५ रुपैयाँ राजस्व तिर्नु पर्ने छ । १ डोज वीर्य बापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनु पर्ने उनले बताए ।

पशु चौपायाबाट वीर्य संकलन गर्नका लागि करिब साढे दुई वर्षको उमेरको हुनुपर्नेछ ।

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्