एनसेल खरिद बिक्रीबारे गठबन्धनका शीर्ष नेताबीच छलफल


 


काठमाडौँ, मंसिर २० । एनसेल खरिद बिक्रीलगायतका विषयमा छलफल गर्न प्रमुख सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबिच बालुवाटारमा भेटवार्ता भएको छ ।

बुधवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको हो ।

नेताहरूबिच एनसेल खरिद विक्री प्रकरण छानबिनका लागि समिति गठन गर्नेबारे कुराकानी भएको बताइएको छ ।

मङ्गलवार साँझ पनि गठबन्धन दलका नेताहरूबिच भएको छलफलमा उक्त कारोबार शंकास्पद भन्दै छानबिन गर्ने सहमति जुटेको थियो ।

प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्