मोरङ आगलागी अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो


 


विराटनगर । विराटनगर महानगरपालिका–७ को सातघुम्तीमा रहेको कबाड गोदाममा बुधबार दिउँसो आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

दुई जनाको घटानस्थलमै र एक जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

दीपक मण्डल र सुनिता कामतको घटनास्थलमै मृत्यु भएको र सुशिला पासवानको उपचारका क्रममा किर्तिपुरको वर्न अस्पतालमा गएराति ८ बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घाइतेमध्ये रीता सरदारको अवस्था गम्भीर रहेको र किशोर पासवान र पिंकी कामतको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्