सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


 


काठमाडौ, मंसिर २१ । आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनकाे मूल्य हिजो प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य आज पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार पाँच सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदी हिजो पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार पाँच सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्