विपिन जोशीका आमा-बुवाले भेटे प्रधानमन्त्री


 


काठमाडौं, मंसिर २२ । हमासको नियन्त्रणमा रहेर सम्पकीविहीन भएका विपिन जोशीका आमा-बुवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

प्रधानमन्त्री दाहाल कैलाली पुगेका बेला शुक्रबार धनगढी विमानस्थलमा विपिनका आमा-बुवाले प्रधानमन्त्रीलाई भेटका हुन् ।

छोरालाई स्वदेश फर्काउन पहल गरिदिन विपिनका आमा-बुवाले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् ।

जवाफमा प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट विपिनको रिहाइका लागि पहल भइरहेको बताएका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का विपिन पढ्न इसराइल गएका थिए। इसराइलमाथि आक्रमण हुँदा जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्