युवा संघद्वारा इन्चार्ज र सह–इन्चार्जसहित जिम्मेवारी बाडफाड


 


काठमाडौँ, मंसिर २२ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले विभाग, प्रदेश, जिल्ला र पालिका इन्चार्जसहित सह इन्चार्ज तोकेको छ ।

युवा संघका महासचिव सुमन पुरीले सर्कुलर जारी गर्दै सवै प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशका लागि इन्चार्जसहित सह इन्चार्ज तोकेको जनाएका छन् ।

युवा संघले आगामी पौष २१ गते देखी लगातार सात प्रदेशमा सात शनिवार सात सभा आयोजना गर्ने समेत जनाएको छ ।

त्यसका लागि सात कमान्डर समेत तोकिएको छ । युवा संघले पौष २१ गतेदेखि धनगढीबाट माघ ६ गतेदेखि अभियान सुरु गर्दैछ । जुन अभियान झापा पुगेर टुङ्गिनेछ ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्