स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ


 


पर्सा, मंसिर २२ । वीरजञ्जबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ५ लाख रूपैयाँसहित भारत पुर्वी चम्पारण घर भएका २१ वर्षीय रिकेश कुमार बिहीबार साँझ पक्राउ परेका हुन् ।

प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले बीआर ०५ यु ३४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्