बैतडीमा दुई महिनादेखि बेपत्ता महिला जंगलमा मृत फेला


 


बैतडी, मंसिर २२ । बैतडीमा एक महिलाको शव जंगलमा फेला परेको छ ।

असोज २५ गतेदेखि बेपत्ता रहेकी सुर्नया गाउँपालिका–८ की २० बर्षीया कल्पना महराको शव सोही ठाउँको कैलपाल सामुदायिक वनभित्र फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार उनी घरबाट गोठालो गएकी थिइन् ।

उनका अनुसार बुधबार कल्पनाको शव फेला परेको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकेको छ ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्