काठमाडौंबाट थप दुई किलो सुन बरामद, तीन जना पक्राउ


 


काठमाडौं, मंसिर २२ । काठमाडौंकाे नागढुंगाबाटबाट फेरि दुई किलो सुन बरामद भएको छ ।

त्रिभुवन विमानस्थलमा १४ किलो सुन समातिएको २४ घण्टा नबित्दै चीन-नेपाल केरुङ नाका हुँदै ल्याएर नागढुंगा कटाउन खोजिएको सुन प्रहरीले बरामद गरेको हो ।

रसुवाबाट काठमाडौं आउँदै गरेको स्कार्पियोबाट प्रहरीले दुई किलो सुन बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए । यस बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्