१४ किलो सुन छानबिन गर्न समिति गठन


 


काठमाडौं, मंसिर २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

विभागले पत्रकार सम्मेलन गर्दै विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वको समितिमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना छन् ।

भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई बिहीबार राति पक्राउ गरी प्रहरी थुनामा पठाएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्