माओवादी रुपान्तरण अभियान सफल भएको छ : प्रचण्ड


 


धनगढी, मंसिर २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओबादीले थालेको तीन महिने अभियान सफल भएको बताएका छन् ।

धनगढी उपमहानगरपालिका-१६ भादामा आयोजित जनतासँग माओवादी तीन महिने अभियानअन्तर्गत वडाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले अभियानले माओवादी केन्द्रलाई जनतासँग जोड्ने, आमजनतामा आशा र भरोसा दिन सफल भएको बताए । माओवादीको रुपान्तरण अभियान पुस १५ भित्र सम्पन्न गर्ने र त्यसपछि विधान सम्मेलन गरिने उनको भनाइ छ । विधान अधिवेशनपछि अर्को अभियान सुरु गर्ने र पार्टीको अधिवेशनसमेत गर्ने प्रचण्डले सुनाए ।

यस्तै उनले सरकार अहिले विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको समेत बताए । उनले छिमेकी राष्ट्रको भ्रमणका क्रममा नेपाल र नेपाली जनताको पक्षमा विभिन्न विश्व समुदायको ध्यानाकर्षण गरेको बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी रवडा अध्यक्ष रामबहादुर चौधरीले वडाको विकासको गतिविधिबारे जानकारी गराउँदै संघीय सरकारबाट उचित बजेटको व्यवस्था गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्