सुदूरपश्चिम महोत्सव सुरु, प्रधानमन्त्री प्रचण्डलाई १० किलोको माला


 


धनगढी, मंसिर २२ । कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सव शुक्रबारदेखि सुरु भएको छ ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।

त्यसक्रममा आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री प्रचण्डलाई प्रदेशको विकासका लागि विभिन्न १० बुँदे मागसहित १० किलोको माला पहिर्याए ।

महोत्सवमा कृषि, जडीबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी ४ सय जति संख्याको स्टलहरूको सहभागिता रहेको उनले बताए ।

महोत्सवमा करिब ६ लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सवमा संग्रालयसहितको थारु गाउँ नै निर्माण गरिएको छ । महाेत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्