कम्युनिष्टहरूसँग गठबन्धन गरे कांग्रेस समाप्त हुन्छ : शेखर कोइराला


 


काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कम्युनिष्टहरूसँग गठबन्धन गरे काँग्रेसको अस्तित्व समाप्त हुने बताएका छन् ।

काठमाडौंमा शुक्रबार भएको एक कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । उनले गठबन्धन गर्नै परे प्रजातान्त्रिक विचार भएकाहरूसँग गर्नुपर्ने बताए ।

उनले देश परिवर्तन गर्ने हो भने कांग्रेसलाई परिवर्तन गर्नुपर्ने बताए । साथै उनले युवा कार्यकर्ताहरुलाई उग्र महत्वकांक्षा नराख्न पनि सुझाव दिए ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्