विपिन जोशीको रिहाईका विषयमा इजरायली प्रतिनिधिसँग परराष्ट्रमन्त्रीको संवाद


 


काठमाडौं, मंसिर २२ । हमासको बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको रिहाईका लागि पहल गर्न परराष्ट्रमन्त्री एनपी साउदले इजरायली अधिकारीसँग टेलिफोन संवाद गरेका छन् ।

उनले हराएका तथा बन्धक बनाइएकाहरुका संयोजक गल हिर्ससँग संवाद गरेका हुन् । मन्त्री साउदले विपिन जोशीको बारेमा छलफल गरेको मन्त्रालयले जनाएको छ ।

हमासको बन्धक बनाएका इजरायलीसहित विभिन्न देशका व्यक्तिहरु छुटिरहेका बेला नेपाली नागरिक जोशी भने अहिलेसम्म छुटेका छैनन् ।

शुक्रबार मात्रै विपिन जोशीका बुवा–आमाले धनगढी विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोराको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्