विदेशको कालो धन नेपाल ल्याउँदैछौं : प्रधानमन्त्री


 


काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा गैरकानुनी ढंगबाट आर्जित सम्पत्ति पुनः प्राप्ति गर्ने तयारी भइरहेको बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार लगायत अन्य गैरकानुनी ढंगबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी भइरहेको बताए ।

प्रधानमन्त्रीले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्थाको तयारी भइहेको वसमेत बताए ।

भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य तथा सहयोगमा निवारण गर्ने कार्यमा नेपाल सरकार प्रयत्नशील रहेको उनको भनाई छ ।

प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्