कांग्रेस एक्लै चुनाव लडेमात्रै बलियो बन्छ : नेता कोइराला


 


काठमाडौँ, मंसिर २३ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले कांग्रेसले एक्र्ल चसनाजमा माग लिए मात्रै बलियो पार्टी बन्ने बताएका छन् ।

चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको ३३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैन तबसम्म पार्टी झन्झन् कमजोर हुँदै जान्छौँ’, उनले भने ।

उनले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताए । ‘कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन । कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ”, डा। कोइरालाले भने ।

नेता कोइरालाले देशको आर्थिकस्थिति विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्