ट्याक्टर पल्टिँदा काका-भतिजको मृत्यु


 


सिरहा । सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरमा ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स१त ७४५८ नंको ट्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ट्याक्टरको इन्जिनमा च्यापिएर उनी दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय श्याम यादवले जानकारी दिए। उनका अनुसार ट्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शवपरीक्षणका लागि सिरहा प्रादेशिक अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्