गंगा दाहालले व्यापारीसँग रकम बुझेको प्रमाण मसँग छ, जनता र मिडियामा लिएर जानेछु : अमरेश सिंह


 


काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेश सिंहले प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले व्यापारीसँग रकम बुझेका सबै प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन् ।

आइतबार बिहान सामाजिक स्ञजालमार्फत उनले यस्तो बताएका हुन् ।

उनले समय आएपछी सबै प्रमाण जनता र मिडियामा लिएर जानेसमेत चेतावनी दिए ।

उनले लेखेका छन्, ‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुन-कुन व्पापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेकी छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछी त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्