सुनको मूल्य आज १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, मंसिर २४ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन गत शुक्रबार प्रतितोला एक लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्