आजको मौसम : तराईमा हुस्सु र कुहिरो, दुई प्रदेशमा बदली


 


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

चिसोबाट समेत बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्