नेपाल २४ रनले पराजित


 


काठमाडौं, असार १

timthumb (2)२०-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलि तेस्रो अभ्यास खेलमा भारतको  हिमाञ्चल प्रदेशसँग २४ रनले पराजित भएको छ।

धर्मशालामा भएको अभ्यास खेलमा हिमाञ्चलले दिएको १३७ रनको लक्ष्य पुरा गर्न नसक्दा नेपाल पराजित भएको हो। १३७ रनको चुनौति पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११२ रन मात्र बनायो।

नेपालका लागि शरद भेष्वाकरले सर्वाधिक अविजित ३६ रन जोडे भने ओपनर सुवास खकुरेलले २३ रन बनाए। ज्ञानेन्द्र मल्ल १२, बिनोद भण्डारी ११ र कप्तान पारस खड्का १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सेकेनन्। सिद्धान्त लोहनी ७, राजेश पुलामी ३ र सोमपाल कामी १ रनमा आउट भए।

हिमाञ्चलका राघव धवनले नेपालको तीन विकेट लिए।

पहिले ब्याटिङ गरेको हिमाञ्चललाई १३७ रनमा रोक्न करन केसीले ३, सिद्धान्त लोहनीले २ र अविनाश कर्णले १ विकेट लिएका थिए। यसअघि आइतबार र सोमबार भएको दुवै अभ्यास खेलमा नेपालले हिमाञ्चल प्रदेश विरुद्ध जित हात पारेको थियो ।

प्रकाशित मिति: १ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्