चिनियाँ विदेश मन्त्रालयकी प्रवक्तामाथि राज्य-अनुमोदित प्रचार र गलत सूचना फैलाएको आरोप


 


एजेन्सी । फिलिपिन्सका रक्षा सचिवले चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले आफ्ना देशका राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन् ।

रक्षा सचिव गिल्बर्टो टियोडोरोले बुधबार पत्रकार सम्मेलनको क्रममा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरका लागि प्रवक्ता माओ निङले तल्लो स्तरको शब्द प्रयोग गरेर अपमान गरेको आरोप लगाएको रोयटर्सले जनाएको छ ।

समाचारमा जनाइएअनुसार रक्षा सचिव टियोडोरोले एक विज्ञप्ति जारी गर्दै प्रवक्ता निङलाई ‘राज्य-अनुमोदित प्रचार र गलत सूचना फैलाएको’ आरोप लगाएका हुन् ।

टियोडोरोले प्रवक्ता माओ निङको टिप्पणीलाई लिएर प्रतिक्रिया दिएका हुन् । जसमा उनले राष्ट्रपति मार्कोसलाई ‘ताइवान मुद्दाको भित्री र बहिरी कुरा राम्रोसँग बुझ्न थप पुस्तकहरू पढ्न’ भनेकी थिइन् ।

‘यो दुर्भाग्यपूर्ण छ कि (चिनियाँ) परराष्ट्र मन्त्रालयका प्रवक्ताले तल्लो स्तरको वार्तामा झुक्नु भयो – हाम्रो राष्ट्रपति र फिलिपिनो राष्ट्रको अपमान गर्ने र आफूलाई, मन्त्रालय र उसले यस प्रक्रियामा प्रतिनिधित्व गर्ने पार्टीलाई थप अपमानित तुल्याएको छ,’ उनले भने।

मनिलामा रहेको चिनियाँ दूतावास र यसको विदेश मन्त्रालयले टियोडोरोको आरोपलाई लिएर कुनै प्रतिक्रिया जनाएको छैन ।

मार्कोसले सोमबार बधाई दिएपछि उनको विदेश मन्त्रालयले देशको “एक चीन नीति” बारे प्रस्ट पारेकाे थियाे । मार्कोसको सन्देशले प्रजातान्त्रिक रूपमा शासित टापुमा २ लाख फिलिपिनो कामदारसहित फिलिपिन्स र ताइवानको “आपसी हित” लाई मान्यता दिने कुरामा जोड दिएका थिए।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्