नक्कली सुन देखाएर ठगी गर्ने पाँचजना पक्राउ


 


काठमाडौँ, माघ २८ । नक्कली ‘सुन’ देखाएर ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ का ३८ वर्षीय छुल्टीम लामा, सोही ठाउँका राजेन्द्र तामाङ, बहादुर लामा, दावा दुण्डुप तामाङ र जितबहादुर तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुका अनुसार उनीहरूले रामेछापको दोरम्बा गाउँपालिका–४ की विनीता थापामगरलाई एक किलो नक्कली ‘सुन’ देखाएका थिए । सुनमा लगानी गर्दा फाइदा हुने आश्वासन दिएर सात लाख ७५ हजार रुपैयाँ लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए ।
थापाले आफू ठगीमा परेको प्रहरीमा उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले दुई लाख रुपैयाँ नगद र मोबाइल फोन बरामद गरेको छ ।

उनीहरूमाथि थप अनुसन्धान गरिरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्